रुकुम पूर्वमा १ करोडको स्वास्थ्य सामग्री

रुकुम पश्चिम । हिमाली जिल्ला रुकुम पूर्वको जिल्ला अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पठाईएको झण्डै एक करोड बराबारको स्वास्थ्य सामग्री प्राप्त भएको छ । कोभिड १९ संक्रमण तथा जोखिम कायमै रहेको बेला दुर्गम जिल्लाको अस्पत्ताललाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री प्राप्त भएको हो ।
जिल्ला अस्पत्तालका निमित्त प्रमुख गणेश चौधरीका अनुसार अस्पत्तालका लागि ४० वटा अक्सिजन सिलिण्डर, २४ वटा अक्सिजन कन्सेन्ट्रेटर, पीपीई सेट, एन्टिजेन किट लगायत स्वास्थ्य सामग्री आएको छ । अस्पत्ताललाई प्राप्त भएको स्वास्थ्य सामग्री ३ वटै स्थानीय तहका १६ वटा स्वास्थ्य चौकीमा पठाईने र केही सामग्री भने जिल्ला अस्पत्तालमै रहने बताईएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालायबाट रुकुम पूर्व जिल्ला अस्पत्तालका लागि अक्सिजन र एचडियू प्लान्ट स्थापनाका लागि समेत अख्तियारी भईसेकेको छ ।
जिल्लामा पहिलोपटक कोभिड रोकथामका लागि ठूलो परिमाणमा स्वास्थ्य सामग्री आएसँगै अब जिल्लाबासीलाई लाखौं रकम खर्चेर बाहिर जानुपर्ने बाध्यता कम भएको छ । कोरनाको दोस्रो लहर सुरु भयसँगै रुकुम पूर्वमा हाल ७० सक्रिय संक्रमित रहेका छन भने १ दर्जन बढिको निधन भएको छ ।