दाङमा ८ जनामा कोरोना संक्रमण देखिदा ३९ जना संक्रमण मुक्त

दाङ । दाङमा आज ८ जनामा कोरोना संक्रमण देखिदा ३९ जना संक्रमण मुक्त भएका छन् । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले दिउँसो ३ बजे दिएको जानकारी अनुसार ३० जनामा पिसिआर परिक्षण गर्दा ८ जनामा कोरोना देखिएको हो ।

त्यस्तै आज ३९ जना कोरोनाका विरामी निको भएका छन् । आज निको भएका संगै बैशाख यता निको हुनेको संख्या ७ हजार २ सय २७ पुगेको छ भने संक्रमित हुनेको संख्या ७ हजार ७ सय ७ पुगेको छ ।

दाङमा अहिले संक्रिय संक्रमितको संख्या ३ सय ४१ छ । जसमध्ये अधिकांश संक्रमित घरमै बसेका छन् । जसमा २ सय १९ जना होमआईशोलेसनमा बसेका छन् ।

त्यस्तै ६३ जना संस्थागत आईशोलेसनमा रहेका छन । संस्थागत आईशोलेशनमा रहेका ६३ जना मध्ये १५ जना आईसियुमा उपचार भईरहेको छ भने ४८ जना सामान्य रहेका छन् ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस