कोभिड प्रभावित र बिपन्न नागरिकलाई पुस्तकालयद्वारा राहात प्रदान

दाङ । घरको आगनमा राखिएको खाटमा एक्लै टोलाएर बसिरहेको बेला एकाएक गाडीमा आएका मानिसहरुले चामल, दाल, तेल, पानी तताउने कित्ली, टाबेल, साबुनदानी, फलफूल र थर्मसलगायतका १६ थरी सामान ल्याएर खाटमा राखिदिदा गढवा ६ वालापुरका भिमलाल पोखे्रल दंग परे । यसरी घरमै सामान ल्याएर राखिदिएकोमा पोखे्रलले खुसी हँुदै देउखुरी सामुदायिक पुस्तकालयलाई धन्यवाद दिए ।

त्यस्तै गढवा ७ मानपुरका जयमन्नु चौधरीले पनि पुस्तकालय परिवार घरमै आएर राशन पानी दिएकोमा खुसी भए । गढवा ७ का जिबकला अधिकारीको छोरालाई कोभिड पोजेटिभ भयो । घरमा रहेका परिवार त्रासमा बाचेको बेलामा पुस्तकालयले हामीलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री दिएकोमा खुसी लागेको छ–उनले भने । त्यसो त गढवा ५ का आशाराम चौधरी र बुधे कुमालले घरमै राहात सामाग्री लिएर पुस्तकालय आएकोमा खुसी ब्यक्त गरे । आम्दानीको स्रोत र साहारा नै नभएका हामीलाई घरमै आएर राशन पानी दिनुभएकोमा हामीलाई निकै खुसी लागेको छ’ चौधरी र कुमालले भने । कोभिड पोजेटिभ भै थलिएर उठेका बिपन्न तथा सिमान्तकृत नागरिकहरुको घरमै पुगेर राहात सामाग्री बितरण गरेकोमा स्थानीयहरु खुसी देखिएका छन् ।

देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको समन्वयमा दिदीबहिनी समाज भिक्टोरीयाद्वारा प्राप्त अनुदानबाट आइतवार कोभिड पोजेटिभ र बिपन्न तथा सिमान्तकृत समुदायका २५ घर परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो । गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकुरी हमालको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बिच पुस्तकालय प्राङ्गणमा राहात सामाग्री वितरण गरिएको हो ।

यसैगरी कोभिड प्रतिकार्यमा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि गढवा गाउँपालिकाको आइसुलेशन सेण्टर र ३ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको पुस्तकालयका अध्यक्ष गिरीराज भट्टले जानकारी दिए ।

कोभिड पोजेटिभ बिपन्न तथा सिमान्तकृत नागरिकहरुलाई प्रदान गरिएका सामाग्रीहरुमा २५ किलो चामल, ५ किलो विभिन्न प्रकारको दाल, पानी तताउने इलेक्ट्रिक जग, थर्मस, ज्वरो नाप्ने थर्मोमिटर, तेल, नून र फलफूललगायत १६ प्रकारका सामाग्रीहरु रहेको पुस्तकालयले जनाएको छ । यसैगरी गढवा, गंगापरस्पुर र कोइलाबासका स्वास्थ्य संस्थाहरुलाई अक्सीमिटर एक, सेनेटाईजर तथा मास्क ५ थान र मिनरल वाटर रहेको अध्यक्ष भट्टले जानकारी दिए । प्रदान गरिएका राहात तथा स्वास्थ्य सुरक्षा सामाग्रीहरु भmण्डै तिनलाख बराबरका रहेको पुस्तकालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस