नेपालमा पछिल्लो २४ घण्टामा २४ सय ४२ मा कोरोना पुष्टि, ५१ जनाको मृत्यु

दाङ । देशभर पछिल्लो २४ घण्टामा थप २४ सय ४२ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार १० हजार ९ सय ५६ जनाको कोरोना परीक्षण भएको छ ।

कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको उनले जानकारी दिए । त्यस्तै,तीन हजार चार सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा पाँच सय ४८ जना संक्रमित व्यक्ति भेटिएका छन् ।

जस अनुसार काठमाडौंमा चार सय ५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस