दाङमा आजदेखि ६५ बर्ष मुनिकालाई कोरोना दोस्रो डोज खोप लगाइँदै

दाङ । दाङमा आईतवारदेखि ६५ वर्ष मुनिका नागरिकलाई कोरोना भाईरस विरुद्धको दोस्रो डोज खोप लगाईने भएको छ । सरकारले तोकेका लक्षित समुह अन्र्तगत ६५ वर्ष मुनिकालाई पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन बाँकी रहेकालाई आजदेखि खोप दिन लागेको हो ।

सोहि अनुसार दाङका दशवटै पािलकामा खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा कार्यालय दाङले जनाएको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितिको गत जेठ ३१ गते बसेको बैठकले २०७७ फागुन २३ गतेभन्दा अगाडी र सो मिति भन्दा पछाडी कोभिसिल्डको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा खोप दिने निर्णय गरेको थियो ।

कार्यालयका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा असार ६ र ७ गते, घोराही उपमहानगरपालिकामा ६ र ७ गते, लमही अस्पता, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती गाउँपालिकामा ६ र ७ गते, आधारभुत स्वास्थ्य ईकाई सेवा शान्तिनगर, बबई र दंगीशरणमा असार ६ गते कोरोना विरुद्धको दोस्रो डोज खोप प्रदान गरिने भएको छ ।

सरकारले लक्षित बर्ग अन्र्तगत स्वास्थ्यर्की, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वंयम सेविका, सरसफाईकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, करार कर्मचारी, बैंक तथा बित्तिय संस्थाका कर्मचारी, न्याय सेवाका कर्मचारी, न्यायधिसले कोभिसिल्ड लगाउन पाउने भएका छन् ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस