आधुनिक युग

मानव जीवन जिउनको लागि हो । मर्नको लागि होइन । जीवन सुखमय बनाउने साधनका खोज गर्ने भौतिक विज्ञानको लक्ष्य हो । मानव जीवनलाई सम्झनु नै सत्य वा इश्वरको स्वरुपलाई सम्झनु हो । विज्ञानले जुन वस्तुका अन्वयण ग¥यो । उसका उपयोगले मानव बुद्धिको क्षेत्रलाई व्यापक बनायो । इश्वर र उसको स्वर्गको कल्पना यस युगमा धार्मिक कल्पना बन्न पुग्यो । दार्शनिक फ्रेडरिक, कान्ट, फिक्टे आदि दार्शनिकले जगत, सृष्टि स्वर्ग, पाप, पुण्य, प्रमात्मा आत्मा सम्बन्धि दर्शन प्रतिपादन गरे । साथै वैज्ञानिक कापरनिकस, लियोनार्दो द बिन्सी, रोजर बेकन, न्यूटन, ग्यालोलियो आदि वैज्ञानिकका अन्वयषण र मतले पाश्चात्य ज्योतिष विद्यामा क्रान्ति उपस्थित ग¥यो । इसाई धर्मका मान्यतालाई भौतिक विज्ञानका विकासले गहिरो धक्का दियो । अन्धकारमय मध्य युगलाई उज्यालो तर्फ मोडिदिन लागे ।

कोलम्बसद्वारा अमेरिका पत्ता लगाउनु, वास्को द गामाद्वारा युरोपबाट हिन्दुस्तान आउने समुद्रपथको खोज गर्नेले व्यापारिक समुन्द्रि जहाज आउन जान लागे । यसको साथै बिचार संस्कृति दर्शन सभ्यताको आदान प्रदान हुन गयो । मध्ययुग र आधुनिक युगको सन्धिकालको इतिहास यो हो कि, धार्मिक प्रभुत्वको क्रमिक ह्रास, व्यक्ति तथा समाजको स्वतन्त्रता तथा भौतिक विज्ञानको क्रमिक अभ्युदयको इतिहास हो । संस्कृति पुर्नजन्म (Renasi Sance) धर्म सुधार (Reformmation) को आधुनिक युगको इतिहास हो । रेने डेकार्त दर्शनका आधुनिक युगका जनक मानिन्छन । आधुनिक युगमा व्यक्तिवादलाई बलदिइयो । स्वतन्त्रताको पुष्टि गरे । धार्मिक अन्धविश्वासलाई उखेली फ्याके । बारुदको खोजले युद्धकलामा भारी परिवर्तन ल्यायो । छापने मसिनले ज्ञानको प्रकाश फैलायो । चर्च पोपको अन्धविश्वासको बाहुल्यतालाई आलोचनात्मक शब्दावलीले तिरस्कृत गरियो । दुरविनको आविस्कारले गणित ज्योतिष र सौर्यमण्डलको ज्ञानमा क्रान्ति ल्यायो । कुतुवमुना (टेलिस्कोप) को आविस्कारले नयाँ नयाँ देशका खोज गर्नमा सहायता मिल्यो । मानव संकुचित क्षेत्रबाट निकलेर भौतिक विज्ञानमा उतारियो ।

परलौकिक सुखको कल्पना छोडेर यस लोकमा मानवले स्थापित हुनको लागि कम्मर कस्यो । आधुनिक युगको सबै विशेषता ग्रिक दर्शनका प्रेम हो । गणित तथा भौतिक विज्ञानका अनुराग हो । बुद्धिवादको प्रधानता व्यक्तिका महत्ता र स्वतन्त्रता, सुन्दर भविष्यको आशा, निरंकुशताको विरोध, आलोचनात्मक प्रणाली, आधुनिक युगमा विद्यमान छ । लोक कल्याणका अर्थ हुनगयो अधिक भौतिक जीवन र साधन भयो वैज्ञानिक आविस्कारका विकास दार्शनिक वर्कले ले जनवादको खण्डन, विज्ञानवादको मण्डन गरे । बुद्धिवादको निवलाई सर्वप्रथम हलाइदियो वेकनको अनुभव वादले हेगलको विज्ञान वादको दर्शनले इश्वर जीव जगतको बारेमा निष्कर्ष दियो । आधुनिकीकरण सामाजिक परिवर्तन हो । ऐतिहासिक दृष्टिबाट आधुनिकता सत्रौंशताब्दीबाट आरम्भ हुनेवाला प्रकृया मानिएको छ ।

सन १७५९ देखि १७९५ मा फ्रान्सको राज्यक्रान्ति । सन १७६० देखि १८३० मा ब्रिटेनको औद्योगिक क्रान्तिको दौरान भएको थियो । अठारौं शताब्दीमा ब्रिटेनको औद्योगिक क्रान्तिपछि संसार आधुनिकीकरणमा बदलिन गयो । उन्नाइसौं सताब्दीको उत्तरार्धसम्म आइपुग्दा पूर्णतः आधुनिक शब्दको अर्थ व्यक्त गर्न समाज शास्त्रीहरु सफल भए । आधुनिकीकरण एक पूर्ण समाजशास्त्रीय शब्द हो । केही विद्धान यसलाई अंग्रेजीकरण, युरोपियकरण, पाश्चात्यीकरण अथवा पश्चिमिकरणको पर्यायवाची शब्द मानेका छन् । वस्तुत वैज्ञानिक अन्वषण, आविस्कार, औद्योगिक क्रान्ति, तथा वैज्ञानिक शिक्षा प्रणाली पश्चिमी देशका देन हुन ।

अतः कोहि देश या समाज पश्चिमेली देशका संस्कृति, रितिरिवाज, खानपान, बोलीभाषा, पोषाक संगीत नृत्यु आदि अपनाउने चेष्टा गर्छ भने त्यो देश या समाज आधुनिकृत प्रकृयाको प्रारम्भमा छ भन्ने सम्झनु पर्छ । आधुनिकीकरणको प्रकृया प्रारम्भमा ब्रिटेन, अमेरिका तथा जर्मन जस्ता पश्चिमेली देशका देन हुन । भारतीय समाजशास्त्री डा. योगेन्द्र सिंहको मानयता छ । आधुनिक हुनको अर्थ फैशनेवल हुन हो । आधुनिकीकरणमा कुनै एक जाती या संस्कृति समुहको अधिपत्य हुन सक्दैन । आधुनिकतामा सम्पूर्ण मानव समाजको समान अधिकार हुदछ । आधुनिकीकरण एक संस्कृति प्रत्यय हो । जसमा तार्किक अभिबृद्धि, सर्वभौमिक बिचारधारा, परानुभूति, वैज्ञानिक संग्रह दृष्टि, मानववियता, तकनिकी आदि सम्मिलित हुन्छ । रुफाल्ट लेख्छन् ।

आधुनिकीकरण धर्म परम्परा संस्कृतिको विरोधी हो । परन्तु शिल्सको भनाइ छ । समाजका पूर्णत पुरानो परम्परा मेटाउने आधुनिक युग होइन । प्रश्न उठ्छ कि आधुनिकीकरण वस्तुत के हो । समाजशास्त्री हर्नर लेख्छन मानवीय सम्बन्धको सन्दर्भमा धार्मिक उद्घोषण विस्तारपित गर्दछ । अर्थात धर्म निरपेक्षताको स्थिति प्रकाशित गर्छ । यस अर्थमा आधुनिकीकरणले धर्म माथि मानवताको विजयष्को प्रतिक हो । मुलरुपमा आधुनिकरणको प्रक्रिया मानवीय सम्बन्धमा नैसर्गिक, व्यवहारिक र नविन ज्ञानको पद्दति र ज्ञान आर्जन गर्ने एक विद्या हो । जसमा ानको प्राप्ती, व्यक्तिगत र वैज्ञानिक सृजनशिलता सम्भव हुन्छ ।

भारतीय समाजशास्त्री कुप्पुस्वामीको मान्यता छ कि आधुनिककीकरणले कल्पना माथि विज्ञानको विकास तर्कलाई ानको कुशलताको श्रेष्ठताको नाम हो । अर्थशास्त्रीहरुको दृष्टिकोणमा आधुनिकिकरणको ताप्पर्य उत्पादनमा बृद्धि, उद्योगमा बल दिने, प्राकृतिक श्रोतमा नियन्त्रण गर्ने मान्यता राख्दछन् । समाजशास्त्री तथा मावनशास्त्रीले आधुनिकतालाई बृहत सन्दर्भमा देख्दछन्, सामाजिकतनाव, हिंसक घटना, बालअपराध, वर्गसंघर्ष, युवा आक्रोस, राजनैतिक दलबदल, महिला स्वतन्त्रता, यौन अपराध अन्य विशिष्टतालाई जन्म दिने आधुनिकताका प्रमाण मान्न सकिन्छ पश्चिमी करणले संस्कृतिको माथिल्नो तहलाई तरंगीत गरेको छ । साथै जन सामान्यलाई आकर्षित पनि गरेको छ । तर पनि आधुनिकीकरणले मानवीय अभित्ति र प्रवृत्तिमा विस्तृत परिवर्तन ल्याएको छ । साथै जीवन जीवने पद्दतिलाई अधिक तार्किक तथा व्यवहारिक बनाउनेमा बल दिएको छ ।

आधुनिकीकरण एक सम्पूर्ण सामाजिक घटना हो । संस्थात्मक स्तरमा बिचार पद्दति विश्वास प्रवृत्ति एवं क्रियामा आधारभूत परिवर्तन हुनजान्छ । आधुनिक युगको तार्किक मान्यताले रुढिवादीलाई तोडेर कर्मकाण्डीय जीवन पद्दतिमा बृहत क्रान्तिकारी परिवर्तन प्रस्तुत गरेको छ । अछुत सम्झने व्यक्ति पनि आज वैधानिक रुपमा समान शिक्षा, समान व्यवसाय, समान न्याय, साथ साथै समान धार्मिक अधिकारका अधिकारी छन् । वर्तमान सामाजिक स्थितिलाई जसले उचित मान्छ उही आधुनिकताको श्रेणीमा आउछ । वर्तमान तथा भूतकालको अपेक्षा, भविष्यलाई लक्ष्यगरी अगाडि बढ्छ उसैले आधुनिक हुने दम्भ गर्छ । यो समाजशास्त्रीय मान्यता हो । आधुनिकीकरण घटित हुँदा सामाजिक गत्यात्मकता बढ्न जान्छ। सामानय व्यक्तिको पहिचान उसको रुप, रंग, धर्म या जातीगत आधारबाट हुँदैन । अपितु उसको विधोता, पद एवं स्थितिबाट पहिचान हुन्छ । तर आधुनिक युगमा स्वार्थ, धनलोलुपता, व्यक्तिवादीता प्रतिस्प्रधा एवं इष्र्याको भावनाले परिभाषित गरेको छ ।

आदर्शको भाव जो पहिला थियो। उसको स्थानमा व्यक्तिको उपयोगीता मूल्यमा टिक्न गएको छ । धर्म, आदर्श प्रेम एवं अहिंसा जस्ता मान्यतालाई कोरा आदर्श सम्झेर उपेक्षा गरिएको छ । वैज्ञानिक धरातलबाट व्यक्तिको आकलन उसको उपयोगीता या लाभांशका आधारमा महत्व दिइएको छ । सामाजिक सम्बन्धको दायरामा पनि केवल रक्त या वैवाहिक सम्बन्धलाई महत्व दिइएको छैन । सम्बन्धको समकक्ष लेनदेनलाई महत्व दिइएको छ । उद्योगको बहुलताको कारण परम्परा कुटिर उद्योग समाप्त हुँदै गएको छ । प्राऔद्योगिकीकरणको विकासले गृहउद्योगको विनाश छ । अर्कोपक्ष आधुनिकताको मान्यताले सामान्यत धार्मिकस्तरको भेदभावलाई नकारेको छ । जाति, वर्ण या प्रजातिको आधारमा भेदभाव हुँदैन । आधुनिकीकरणमा कुनै देश या धर्मको कब्जा हुँदैन अतः धर्मि, धर्मिकता कट्टरताको बावजुद अन्य धर्मलाई मुक्त या स्वतन्त्रता दिएको छ । महिला समाजलाई परतन्त्रबाट मुक्ति दिएको छ । सन्तानो उत्पत्तिलाई धार्मिक सांस्कृतिक कर्तव्य नमानेर माता पिताको इच्छामा आधारित छ । यहिकारण आधुनिक युगको समाजमा परिवार नियोजनलाई अधिक स्विकृति प्राप्त हुन्छ ।

आधुनिकताका कारण समाजको भौतिक पक्ष विकास हुँदै अगाडि बढ्दैछ । किन्तु उसका अदृश्य धारणा शिथिल हुँदै जाँदैछ । नैतिक, सांस्कृतिक, धार्मि मूल्यको आदर्शमय अस्तित्व गुम्दै गएको छ । आधुनिकता पनपनेको युगमा अनेक दिल दाद हुने समस्या उत्पन्न हुँदैछन् । यौन अपराध, किशोर किशोरी अपराध, बालअपराध, सफेदपोष अपराध, गन्धावस्तीको जन्म, जनसंख्यात्मक असन्तुलन, अवैध सन्तानको जन्म, सम्प्रदायिक तनाव, नागरिकरण, छोडपत्र, बलात्कार, भ्रष्टाचार जस्ता समस्याका रुपमा देखापरेका छन् । संयुक्त परिवारका विघटन, जातिजातिमा पारस्परिक तनाव, साम्प्रदायिक संघर्ष महिलामाथि बढ्दैगएको अत्याचार, बिलम्ब विवाह, दहेजको बढ्दैगएको प्रचलन धर्मपरिवर्तन आधुनिकिकरणबाट जन्मेका घटित घटना हुन । व्यक्तिवादीता, धनपिपासु चरित्र, स्वार्थ पूर्तिका उद्देश्य, स्वार्थकालागि संघर्ष र षडयन्त्र आधुनिक युगको प्रमाण हो । पश्चिमी संस्कृति र सम्यताको आधारमा सामाजिक, आर्थिक, राजनैतिक सांस्कृतिक एवं धार्मिक स्तरलाई रुपान्तरण गरि उच्च बनाउने प्रयास गरिएको छ । पाश्चात्य सभ्यतालाई आफ्नो आदर्श मानेर परिवर्तन हुने अभिलाषाले आधुनिकीकरणलाई जन्म दिएको छ ।

लाभ तथा हानी आधुनिक युगमा समहित छ । तर पनि आधुनिक युग विज्ञानमय युग हो ।
विज्ञान र वौनिक, दर्शन र दार्शनिक मय युग हो ।
विज्ञान मूर्त र वास्तविक (Concret and Real) हो ।
दर्शन विज्ञानका विकास वाद हो । यो युग दर्शन र विज्ञानको यात्राका इतिहास हो ।,
दर्शन र विज्ञानका विजले पल्लवित, पुष्पित र फलित हो ।
आधुनिक युग ।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस