नेपालमा पछिल्लो २४ घण्टामा २६ सय संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ८४ जनामा कोरोना परीक्षण गर्दा थप २६ सय ७ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २१ सय ४१ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण ३९ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ८ हजार पाँच सय ९७ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र काठमाडौंमा चार सय १३, भक्तपुरमा ३६ जना र ललितपुरमा एक सय २१ गरी कुल पाँच सय ७० जना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस