दाङको तुलसीपुरमा हाल १६६ जना सक्रिय संक्रमित

दाङ । तुलसीपुर उपमहानगरका दोस्रो चरणको कोरोना लहरबाट गत बैशाख १ गतेदेखि हालसम्म ८० जना (५० पुरुष र ३० महिला) को मृत्यु भएको छ । उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीका अनुसार दोस्रो चरणमा ३ हजार २६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ति मध्य ३ हजार १५ जनाले कोरोना जितेका छन् ।
त्यस्तै अहिले उपमहानगरमा १६६ जना (७९ पुरुष र ८७ महिला) रहेको उनले जानकारी दिए । त्यसैगरी तुलसीपुर उपमहानगरले सञ्चालन गरेको मेट्रो अस्पतालमा हाल ६ जना (३ जना पुरुष र ३ जना महिला) रहेको समेत उनले जानकारी दिए । अस्पतालमा हालसम्म १२९ जना कोरोना सङ्क्रमितहरू भर्ना भएको र ति मध्य ५८ जना निको भएको फोकल पर्सन केसीले जानकारी दिए ।
त्यस्तै ५ जनाको मृत्यु भएको र ३३ जनालाई रिफर गरिएको उनले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस