कोरोना अपडेट : २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार ८ सय २८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार २२ नमूनामा २ हजार ८ सय २८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट ५२ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ। मन्त्रालयका अनुसार ४३ जिल्लामा संक्रमितको संख्या ५ सय बढी छ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस