अस्पताललाई अक्सिजन कन्सलट्रेटर र सर्जिकल बेड सहयोग
दाङ । देउखुरीमा रहेका २ वटा अस्पताललाई क्यानडामा बस्दैआएका नेपालीहरुले अक्सिजन कन्सनेट्रेटर र सर्जिकल बेड सहयोग गरेको छन ।
लमही नगरपालिका वडा नम्बर ५ निवासी हाल क्यानडा नेपाली जनसम्पर्क समितिका पुर्ब महामन्त्री निरन्जन थापा आयोजना गरिएको गो- फन्ड कार्यक्रम मार्फत आफू , सन्जिब शर्मा , सिबु भट्टराई , मनिला चौतारी क्यानडा , दिपेन्द्र चौधरी , भाबेश जिसि लगाएतले देश बिदेशमा रहेका साथीहरु मार्फत आर्थिक संकलन गरि रु २,६०००० अक्षरुपि ( दुई लाख साठी हजार ) बराबरको सामाग्री सहयोग गरेका हुन ।
स्वास्थ्य सामाग्रीहरु लमही अस्पतालमा अक्सिजन कन्सनेट्रेटर २ थान , सर्जिकल बेड २ थान लमही नगरपालिका प्रमुख कुल बहादुर केसि , उप प्रमुख देबका बेल्बासे र लमही अस्पतालका मे.सु रन्जिता महतोलाई तेसैगरि सिसहनिया स्वास्थ्य चौकिका लागि १ थान अक्सिजन कन्सनेट्रेटर राप्ती गाउपालिका वडा नम्बर ५ का अध्यक्ष गोबर्धन रावत र डा.रेगन सिंह थापा लाई थापाका बुवा नरेन्द्र बहादुर थापा , आमा पार्बती देबि थापा , युबा व्यावसायि तथा नेपाल तरुण दल राप्ती गाउपालिकाका अध्यक्ष आशिष पौडेलले हस्तान्तरण गरेका हुन ।
टेलिफोनमा कुराकानी गर्दै “आफूहरुको सानो सहयोगले आफ्नो ठाउलाई कोभिड ब्यबस्थापनमा केही सहयोग पुग्ला भनेर सहयोग गरेको हौ” क्यानडामा बस्दै आएका जनसम्पर्क समितिका पुर्ब महामन्त्री थापाले बताए ।
देउखुरीका अस्पतालमा कोरोना संक्रमितको उपचारमा स्वास्थ्य सामाग्रीको अभाव, भुइमै राखेर उपचार गरेको अबस्था देखेर आफुले पहल गरेको र क्यानडामा बस्दै आएका थापा लाई जानकारी गराएर दुई लाख बत्तिस हजार रकम पठाइ दिए संगै निरन्जर थापाकि आमा र मेरो तर्फबाट केही रकम थपी ती स्वास्थ्य सामाग्रीको चाजोपाजो मिलाएको तरुण दल अध्यक्ष पौडेलले बताए ।