स्वास्थ्य सामाग्री अभाव हुन नदिन हामी निरन्तर लागि परेका छौं : अध्यक्ष खनाल

दाङ । यति बेला कोभिड १९ लाई बिश्व बाट नै निर्मुल पार्न बिश्व भर हरेक प्रयास भैरहेका छन नेपालमा पनि त्यो प्रयास जारी छ । नेपालमा कोभिडको बेला अक्सिजनको अभाव , स्वास्थ्य सामाग्रीको अभाव लगाएतका थुप्रै समस्या देखिएका विभिन्न खाले समाचार आम सन्चार माध्यममा देख्न सुन्न र पढन पाएको यथार्थ नै हो । महामारीको रुपमा फैलिरहेको कोभिडको दोस्रो चरण रोकथामको सन्दर्भमा मानबियताको काम गर्दै आएको देउखुरी उद्योग बाणिज्य संघले अक्सिजन र स्वास्थ्य सामाग्रीको कमि हुन नदिन उत्कृष्ट काम गर्दै आएको छ ।

लमहीको रातो डाडामा संचालित आइसोलेसन सेन्टर , लमही अस्पतालमा संघ ले (पटक पटक गरि ) ५० भन्दा धेरै रिफिल गरेका अक्सिजन सिलिन्डर लकडाउनका कारण रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम साथै देउखुरी क्षेत्रमा फ्रन्ट लाइनमा काम गर्ने फ्रन्ट लाइनरका लागि स्वास्थ्य सामाग्री , रोग प्रतिरोधात्मक शक्ति बढाउन अन्डा लगाएतका सामाग्री निसुल्क उपलब्ध गर्दै आएको छ ।

“कोही पनि बिरामी अक्सिजनको अभाबले छट्पटीयर अकालमा ज्यान जान नदिने तथा महामारीसग जुध्न एबम उपचार प्रकृयालाई सहजिकरण गर्न सहायक सिद्ध हुने अध्यक्ष खनालले बताए” l आफ्नो स्वास्थ्यको प्रबाह नगरी नागरिक लाई सुसूचित बनाउन लागि पर्ने पत्रकार , भोक प्यास नभनी बिरामीको सेवामा निरन्तर खटिने स्वास्थ्यकर्मी र घाम पानी नभनी जनताको सुरक्षामा खटिरहेका सुरक्षाकर्मिलाई धन्यवाद दिए । पत्रकार संग कुराकानी गर्दै कोभिड एन्टिजेन परिक्षणका लागि वडा स्तरको कार्य भैरहेको र अरु कोहि लाई आबस्यक परे बाणिज्य संघमा सम्पर्क गर्न समेत अध्यक्ष खनालले बताए ।

देउखुरी उद्योग बाणिज्य संघ उद्योगि ब्यापारीको साझा सस्था हो । संघले पहिलो चरणको कोभिड फैलिएको अबस्थामा गरिएको लकडाउनका कारण पैदल यात्रु हरुलाइ गन्तब्य सम्म पुर्याउन र खानाको ब्यबस्थापन र असाहय , ज्याला मजदुरी गरि खाने बर्गका लागि राहतको ब्यबस्था समेत गर्दै आएको थियो । संघको कार्यक्षेत्र लमही नगरपालिकाको ९ वडा रहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस