पहिलो पटक कोरोना संक्रमितको घरमै मृत्यु, दाहसंस्कारपछि आयो रिपोर्ट
डोटी । बडीकेदार गाउँपालिकाका कोरोना संक्रमितको घरमै मृत्यु भएको छ । गाउँपालिकाको २ मुलिचौरका ५९ वर्षीय पुरुषको आफ्नै घरमा निधन भएको हो ।
संक्रमितको मृत्यु बिहिबार भए पनि उनमा शुक्रबार मात्रै कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । स्वास्थ्यमा समस्या देखिए पनि उनि अस्पताल गएका थिएन् ।
मृतक संक्रमितको आफन्तले कोरोना रिपोर्ट आउनु अघि नै दाहसंस्कार गरेका थिए ।
प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस