नेपाल औषधि ब्यवसायी संघका अध्यक्षद्वारा स्वास्थ्य सामाग्री बितरण

दाङ । देशभर कोरोनाको दोस्रो संक्रमण अनियन्त्रित रुपमा फैलिरहेका बेला देउखुरीका क्रियासिल पत्रकारलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरिएको छ । दाङको लमहीमा रहेको बिपि पोलिक्लिनिक एण्ड मेडिकल सेन्टर प्राली तथा नेपाल औसधि ब्यवसायी संघ दाङका अध्यक्ष बिष्णु प्रसाद पौडेल ( बिपि )ले कलम- डायरी, सेनिटाइजर, मास्क, ग्लोब्स, भिटामिन “बि ” लगायत गरि बीस हजार बराबरको स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्यलाई हस्तान्तरण गरेका हुन ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष पौडेलले हालको कोरोना पहिलेको भन्दा शक्तिसाली रहेको र यस भाइरसबाट आफू पनि बचौ र अरुलाई पनि बचाउन आग्रह गर्दै जोगिएर सन्चार क्षेत्रमा काम गर्न पत्रकारहरुलाई अनुरोध गरेका छन ।

स्वास्थ्य सामाग्री लिदै प्रदेश उपाध्यक्ष आचार्यले ज्यानको प्रवाह नगरी समाचार संकलनमा खटिने पत्रकारहरुको सुरक्षालाई ख्याल गरेर स्वास्थ्य सामाग्री दिएको प्रती आभार प्रकट गरेकी छन ।

त्यसै गरि मेडिकल संचालक पौडेलले वडा प्रहरी कार्यालय लमहीलाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेका छन । प्रहरी नायब उपरीक्षक पुरान मल्ललाई सेनिटाइजर, मास्क, ग्लोब्स प्रदान गरेका हुन ।

त्यसै गरि मेडिकल संचालक पौडेलले वडा प्रहरी कार्यालय लमहीलाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेका छन । प्रहरी नायब उपरीक्षक पुरान मल्ललाई सेनिटाइजर, मास्क, ग्लोब्स प्रदान गरेका हुन । फ्रन्ट लाइनमा खटिने पत्रकार र सुरक्षाकर्मिलाइ २० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस