दाङमा स्कारपियो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ७ उच्चानिम्बुमा ठक्कर दिएर भागेको ना ५ च ५८६ नम्बरको बोलेरो जिप नियन्त्रणमा आएको छ।
राप्ती गाउँपालिका वडा नम्बर २ मसुरिया बाट उक्त गाडी र चालक चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर ४ निवासी वर्ष २३ राजु सुनारलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुबांगले जानकारी दिएको छ।
ना ५ च ५८६ नम्बरको बोलेरो जिपले मंगलवार साँझ करिब ५ बजे तिर लमही रिहार सडक खण्डको उच्चानिम्बु भन्ने स्थानमा ठक्कर दिंदा लमही नगरपालिका वडा नम्बर ७ निवासी वर्ष २६/२७ का विशाल योगीको घटनास्थल मै ज्यान गएको थियो।
प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस