माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस