प्रधानमन्त्रीलाई विश्वासको मत जुटाउन रोक्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट बहुमत लिनबाट रोक्ने भएको छ।

सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

यसअघि आजै नेकपा माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस