दाङमा ९ दिन लकडाउन

दाङ । कोरोना संक्रमण जटिलता तर्फ उन्मुख हुँदै गएपछि दाङमा यही बैशाख १७ गतेदेखि ९ दिन लकडाउन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्लाका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्योगी व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरु बिच मंगलवार घोराहीमा भएको बैठकले बैशाख १७ गतेदेखि २५ गते सम्म जिल्लाभर लकडाउन गर्ने निणर्य भएको हो ।

दैनिक कोरोना संक्रमितहरु बढ्न थालेसँगै चौतर्फिरुपमा लकडाउन गरेर नागरिकको जीवन रक्षा गर्नु पर्ने आवाज उठ्दै आएपछि लकडाउन गर्ने निर्णय भएको हो । बैशाख १७ गते बिहान ६ बजेदेखि २५ गते बेलुका ६ बजेसम्मका लागि पहिलो चरणमा लकडाउन गर्ने निणर्य भएको हो ।

त्यसपछि अबस्था हेरेर थप निणर्य लिईने भएको छ । खाद्यान्न पसल भने दैनिक विहान ६ बजेदेदेखि ८ देखिसम्म खुल्ने छन् । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सञ्चालनमा रोक लगाईएको छ । साथै बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निणर्य गरेको छ ।

यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आईसोलेसन बनाउने निणर्य भएको छ । त्यसैगरी, कोरोना माहामारीको लागि खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासीक डेढ लाख रुपैयाँका दरले र जिल्लाका ४ वटा गाँउपालिकाले एक/एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निणर्य पनि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस