बाँके र दाङका तीनजना संक्रमितको मृत्यु
बाँके । बाँकेको नेपालगञ्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एकजनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज ३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३० बजे मृत्यु भएको हो । यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मंगलबार बिहान २ः४० बजे मृत्यु भएको छ ।
यस्तै दाङको तुलसीपुरबाट उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज भर्ना भएकी ७४ वर्षीया महिलाको मंगलबार बिहान ६ः२० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस