सत्तारुढ एमालेद्धारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

पोखरा । गण्डकी प्रदेशको विशेष अधिवेशन सत्ता पक्षका सांसदले नै अवरुद्ध गरेका छन् । सत्तारुढ दल नेकपा एमालेले कोरोनाका् दास्रो लहर चलेको अवस्थामा सांसदहरुको कोरोना परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेको हो ।

सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी गरेको अवस्थामा संसद बैठक चल्न नदिने सांसद राजीव पहारीले बताए । सत्ता पक्षको अवरोधका कारण बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस