कर्मचारीमा कोरोना पुष्टि, ५ वटा शाखा बन्द

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको ५ वटा शाखा बन्द हुने भएका छन् । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान हुदै आएका आर्थिक प्रशासन शाखा, भूमि व्यवस्था शाखा, वातावरण तथा हरियाली प्रर्वद्धन शाखा, भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखा र नाप नक्सा इकाई शाखा बन्द हुने भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले जानकारी दिए ।

मगंलबार एक सूचना जारी गरी अत्यावश्यक सेवा बाहेकका अन्य सबै कामकाज आगामी शुक्रबारसम्म बन्द रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस