ललितपुर र चितवनको बराबरी

काठमाडौं । एनएसलको आज तेस्रो दिनको खेलमा ललितपुर सिटी एफसी र चितवन एफसीले खुकुरी नेपाल सुपर लिग ९एनएसएल० मा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दा चितवनका अमित तामाङले पेनाल्टीमार्फत बराबरी गरेका थिए ।४९औं मिनेटमा मैदानको दाया भागबाट गरेको क्रस प्रहार दोस्रो बारको टप कर्नरमा गोल हुदा गोलरक्षक विशाल सुनारले रोक्ने प्रयास गरेपनि सफल भएन ।

९०औं मिनेटमा एरिक विष्टले अमित तामाङले पेनाल्टीमा गोल गर्दै चितवनलाई हारबाट जोगाए । अमित तामाङको प्रहारलाई पेनाल्टी बक्समा विनोद गुरुङले ह्यान्ड गरेपछि चितवनले पेनाल्टी पाएको थियो । जसलाई अमितले चुकाएनन् । ललितपुरका विनोद गुरुङ इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए । उनले १० हजार रुपैयाँ हात पारे । एफसी चितवनका विशाल सुनार प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे । बराबरी पछि ललितपुरले दुई खेलबाट १ अंक जोडेको छ । चितवनले १ अंक जोडेको छ । लिगमा मंगलबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस