सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै परीक्षा स्थागित गर्न सरकारलाई सिफारिस गरेको छ ।

आइतबार बसेको सिसिएमसीको बैठकले पछिल्लो समय बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

यस्तै, सीसीएमसीले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सिफारिस पनि गरेको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरुमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस