बुटवल लुम्बिनी एफसी एनएसएलको दोस्रो दिनको दोश्रो खेलमा विजयी

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबारदेखि सुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको आइतबार दोस्रो दिनको दोस्रो खेलमा बुटवल लुम्बिनि एफसी विजयी भएको छ । बुटवल लुम्बिनी एफसिले पोखरा थन्डर्सलाई एफसीलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
बुटवल लुम्बिनीका लागि अरमाण्ड बिएडोउमले खेलको ४२औं, बिराटनगरका अजित भण्डारीले ७७औं मिनेटमा आत्मघाती गोल गरे । खेलको उत्कृष्ट खेलाडी अरमाण्ड बिएडोउम घोषित भए । यो सङै उनले २५,०००।– पुरस्कार पाएका छन ।
प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन् ।
प्रतियोगिताको विजेताले रु ३५ लाख र उपविजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले रु एक/एक लाख पुरस्कार प्राप्त गर्नुहुनेछ ।