पछिल्लो २४ घण्टामा तीन हजारभन्दा धेरैमा कोरोना संक्रमण, २८ जनाको मृत्यु
काठमाडौ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो पटक थप २८ जनाको मृत्यु भएको छ । यस्तै देशभरमा गरेर थप ३ हजार १ सय २२ जना कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमित मध्ये काठमाडौँमा १ हजार १ सय ३२ जना छन् । ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जना गरी १ हजार ४ सय ९८ जना उपत्यकामा मात्रै थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ९ हजार २ सय ९२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ३२ जना र ७ सय ८६ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जना गरी थप ३ हजार १ सय २२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । थप संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । क्वारेन्टिनमा ६९ जना छन् ।
त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा २ सय ५२ र भेन्टीलेटरमा ६५ जना उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस