दाङको तुलसीपुरमा १९ संक्रमित थपिए

दाङ । दाङको तुलसीपुरमा (आज) आईतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार वडा नम्बर ६ का ३ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर १६ का ३ जना, वडा नम्बर १७ का १ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर ९ का १ जना, वडा नम्बर १२ का २ जना, वडा नम्बर १ का १ जना, वडा नम्बर ११ का २ जना र वडा नम्बर १८ का ३ जना गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।

ती मध्ये २ जना हालै भारतबाट आएका नागरिक हुन् । यो सँगै तुलसीपुरमा सक्रिय संक्रमितको संख्या २६४ पुगेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस