कोराना संक्रमण बढेको भन्दै नयाँ पाइलामा बाह्य परामर्श बन्द

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी हाडिमेमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्र सुधार गृहले तुलसीपुर क्षेत्रमा कोरोना सङ्क्रमण बढेको भन्दै बाह्य परामर्श र भेट्घाट कार्यक्रम बन्द गरेको छ ।

संस्थाका कार्यकारी निर्देशक सुरश भुसालले (आज) आइतबार एक विज्ञप्ति मार्फत् तत्कालका लागि उपचारार्थीहरुको स्वास्थ्यलाई समेत ख्याल राख्दै पारिवारिक भेट्घाट भर्चूअल विधिबाट गरिने जानकारी दिए । साथै संस्थामा बाह्य उपचारार्थीहरुका लागि समेत उक्त सेवा कोरोना सङ्क्रमण दर न्यून नहुँदासम्मका लागि बन्द गरिएको छ ।

कार्यालयभित्र रहेका उपचारार्थीहरुका लागि सेवा भने यथावत् नै रहने बताइएको छ । संस्थाले सम्पूर्ण अभिभावकहरुलाई भेट्घाटका संस्थामा फोन वा भर्चअल विधिबाट गर्न आग्रह गरेको प्रेस सल्लाहाकार गोकर्ण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस