एनएसएलको दोस्रो दिनको पहिलो खेलमा बिराटनगर सिटी एफसी विजयी

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबारदेखि सुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको आइतबार (आज) दोस्रो दिनको पहिलो खेलमा बिराटनगर सिटी एफसी विजयी भएको हो । बिराटनगरले धनगढी एफसीलाई ३–० गोलअन्तरले पराजित गरेको हो । बिराटनगरका लागि कप्तान बिक्रम धिमालले खेलको १५ औं, एडेलाजा ओलुववुन्मि ५७औं र सन्तोस तामाङले ६९औं मिनेटमा गोल गरे ।

प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु ३५ लाख र उपविजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले रु एक÷एक लाख पुरस्कार प्राप्त गर्नुहुनेछ ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस