दाङमा कोराना संक्रमितबाट थप एक जनाको मृत्यु

दाङ । दाङ थप एक कोरोना संक्रमितबाट पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका १५ निवासी ५७ वर्षीय पुरुषको आइतबार बिहान सवा ११ बजेको समयमा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
उनलाई यही बैशाख २ गते कोरोना पुष्टि भएको थियो । सोही दिनदेखि उनी आइसियु कक्षमा भर्ना भएका थिए । वलीका अनुसार उनलाई निमोनिया समेत देखिएको थियो ।
यससँगै बेलझुण्डी अस्पतालमा हालसम्म ११ जनाको कोरोनाका कारण भएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस