मुहार फेर्दै कोइलाबास

दाङ । राणाकालिन समयमा नेपालकै दोश्रो स्थानमा चम्किएको कोइलाबास पूर्व–पश्चिम राजमार्ग बनेसँगै खण्डहरमा परिणत भएको थियो । राप्ती अञ्चलका करिब सबैजसो जिल्ला र छिमेकी जिल्लाहरुको नून थलो रहेको कोइलाबास मालसामान निकासी पैठारीको केन्द्र पनि थियो ।
कोइलाबास जाँदा बाऊ बाजेहरले घिउ, टिमुर, खुँदो, अदुवाको सुठो र अदुवा बोकेर लैजाने र बिक्री गरेर नून, मट्टितेल, कपडा, तथा आवश्यक सरसामानहरु लिएर आउने प्रचलन थियो । स–साना गल्लीसहितको ब्यस्त बजार कोइलाबासमा त्यत्तिबेला सँगै गएका साथीहरु आपसमा हात समाएर नहिडेमा घरमै फर्केपछि भेट हुन्थ्यो भन्ने बुढापाकाहरुको वास्तविक भनाई अहिले कथन जस्तै मानिन्छ।
स्थानीय तहको निर्वाचन पुर्व बिकासका लागि जत्ति पैसा गएपनि त्यहाँका अगुवाहरुले बाडेरै खाने गर्दथे, बिकासको अनुभूत कसैले गर्न नपाएको वडा अध्यक्ष सद्दाम सिद्दिकीले बताए । त्यत्तिबेला सडक थिएन । अनुगमन नियमन गर्न जाने निकायहरु प्नि खासै जादैनथे । गएपनि भारतको बाटो भएर जानु पर्दथ्यो–उनले भने । स्थानीय तहको निर्वाचन पश्चात् कोइलाबासमा बिकासले काँचुली फेर्दै छ–स्थानीय समाजसेविहरुले बताए । लमही–कोइलाबास सडक निर्माण भएपछि कोइलाबासको बिकास फेरिदै गएको छ । यातायात सुचारु छ । आन्तरिक र बाहिय पर्यटकहरु आउने क्रम बढेको छ ।

आइतवारका दिन छिमेकी मुलुक भारतबाट प्रसस्तै मानिसहरु कोइलाबास घुम्न आउने गर्छन्–वडा अध्यक्ष सद्दाम सिद्दिकीले भन्ने । बिकास निर्माणका कार्यहरुले गति लिइरहेका छन्–स्थानीय जयबहादुर बुढाले बताए । स्थानीय तहको निर्वाचनपछि कोइलाबासमा भ्यूटावर बनेको छ भने आँखा अस्पतालको भवन तयार भै उद्घाटन भएको छ । मुसी नाकामा खानेपानीको पुर्ण ब्यवस्थापन भएको छ। टुकी वालेरै दिन कटाउन बाध्य मुसीनाकाका नागरिकहरु बिजुली बत्ती पुगेपछि निकै राहात महसुस गरेका छन् ।
यत्ति मात्रै हैन मुसी नाका र खबरी नाकामा आम्दा नेपालले गाउँघर स्वास्थ्य क्लिनीक भवन बनाइदिएको छ भने स्थानीय सरकारले कोइलाबासदेखि मुसी जोड्ने र मुसी धारदेखि गाउँ जोड्ने सडकको टे«याक खोली सकेको छ । यसैगरी मुसीमा प्रहरी चौकी भवन बन्दै छ भने शसस्त्र प्रहरी सिमा सुरक्षावलको बिओपि स्थापना भै भवन समेत निर्माणाधिन अवस्थामा छ।
पहिलेको तुलनामा तिन बर्षमा धेरै बिकास देख्न पाएका छौं–स्थानीय समाजसेवी कर्णबहादुर घर्तीले बताए । कोइलाबासदेखि खबरी नाका जोड्ने सडक तयार गरि ठाउँ–ठाउँमा कल्भर्ट बनाइएको छ भने खबरी नाकामा बिद्युत्त बिस्तारको काम जोडतोडले चलिरहेको छ। सोही स्थानमा गाउँघर क्लिनिक भवन तयार भै सेवा सुचारु भएको छ भने मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमको बजेटबाट खबरी नाकामा पक्कि कुलो निर्माण भएको छ ।
त्यस्तै सो स्थानमा पनि शसस्त्र सिमा सुरक्षा वलको स्थापना भै बिओपी भवन बन्दै छ भने कोइलाबासमा गढवा उद्योग बाणिज्य संघले सम्पर्क कार्यालय बनाउन बाउण्ड्रि शिलान्यास समेत गरि सकेको छ । यसैगरी कोइलाबासको वडा कार्यालयदेखि डाडाँगाउँ जोडुने झोलुंगे पुल निर्माण कार्य सुरु भएको छ भने हावाबाट बिजुली निकाल्ने परिक्षण सफल भै सकेको गाउँपालिकाले जनाएको छ । डाँडागाउँमा पक्किनाली सहितको चौडा बाटो बनिरहेको छ भने चेलीबेटी बेचबिखन रोकथामका लागी शान्ती पुर्नस्थापना गृहको कार्यालय खोली बर्डरगेटमा डेस्क राखिएको छ ।

कोइलाबास खोलामा चढ्न र झर्न फलामको रेलीङ सहितको भरेङ बनाइएको छ भने स्वास्थ्य चौकीको आवास भवन तयार भै संचालनमा आएको छ । वडा कार्यालयको बाउण्ड्री,बिद्यालय भवन निर्माण तथा रंगरोगन,रामजानकी मन्दिरको मर्मत र चारखम्बामा नेपाल टेलीकमको बिटीएस टावर निर्माण भएको र वडा कार्यालयको पहलमा ९० घरधुरीलाई जस्तापाता वितरण गरिएको वडा अध्यक्ष सिद्दिकीले बताए ।
बहुप्रतिक्षीत लमही कोइलाबास सडक त बन्यो तर पहिलेको जस्तो कोइलाबासले पुर्नजिवन पाउन मुस्कील हुने स्थानीय ७७ बर्षिय अनिसुल रहमानले बताए । कोइलाबासको बचपन र जवानी संझीदा सपना जस्तै लाग्छ–उनले भने । कोइलाबासको थप बिकासका लागि बाहिर गएका स्थानीयहरु ब्यवसायमा स्थापित हुनुपनर्छ र भारतिय भन्सार कष्टम नजिक ल्याउन द्धिदेशीय पहल हुनुपर्छ र बैंक तथा सटही काउण्टर स्थापना हुनुपर्छ–रहमानले बताए ।
तिन बर्षमा कोइलाबास निकै फेरिएको छ तर लमहीदेखि ३३ किलोमिटरको दुरीमा रहेको कोइलाबासको भाडा सडक कालोपत्रे भएरपनि १ सय ७० तिर्न बाध्य छौं जवकी लमहीबाट घोराही पुग्न पनि ५५ रुपियाँ मात्र लाग्छ । यस बिषयमा यातायात ब्यवसायी समितिको तत्काल ध्यान जानु जरुरी छ–स्थानीय बुद्धिजिवी जयबहादुर बुढाले बताए ।