दाङमा थप एक जना संक्रमितको मृत्यु

दाङ । दाङमा थप एक जना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी ४२ बर्षीया महिलाको शनिबार दिउँसो मृत्यु भएको छ ।

तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीका अनुसार उनको दिउँसो २ बजे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो संगै तुलसीपुरमा मात्रै कोरोना संक्रमित २७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस