दाङको तुलसीपुरमा थप ४१ जनामा कोरोना पुष्टि

दाङ । दाङको तुलसीपुरमा शनिबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका ६ का ११ जना, वडा नं. १२ का २ जना, वडा नं. ५ का ५ जना, वडा नं. १ का १ जना, वडा नं. ७ का ४ जना, वडा नं. १० का १ जना, वडा नं. १५ का ३ जना, वडा नं. ९ का ४ जना रहेका उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

यस्तै, वडा नं. ४ का १ जना, वडा नं. ३ का १ जना, वडा नं. २ का १ जना, वडा नं. ८ का ५ जना, वडा नं. १६ का १ जना र वडा नं. ११ का १ जना गरी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा २६ जना पुरुष र १५ जना महिला रहेको केसीले बताए ।

यो संगै तुलसीपुरमा कुल संक्रिय संक्रमितको संख्या २१६ पुगेको छ । तुलसीपुरमा हालसम्म २७ जना कोरोना संक्रमितको मृत्यु भएको कोभिड १९ फोकल पर्सन केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस