देउखुरीका दुई जनामा कोरोना पोजेटिभ

लमही । शनिबार गरिएको एन्टीजेन परिक्षणमा देउखुरीका दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ हुनेमा लमही नगरपालिका वडा नम्बर ३ का ३६ वर्षीय पुरुष, राप्ती गाउँपालिका वडा नम्बर ५ का ५२ वर्षीय पुरुष रहेको लमही नगरपालिका स्वास्थ्य शाखाका संयोजक लालमणी सुबेदीले जानकारी दिएका छन् ।
ति संक्रमित पुरुषहरुमा केहि दिन यता ज्वरो आउने गरेको थियो, उनीहरुले स्थानीय मेडिकल बाट औषधी लिएर खाने गरेका थिए, ज्वरो कम नभए पछि उपचारका लागि लमही अस्पताल आएका रहेछन शंका लागेर एन्टीजेन मार्फत चेकजाँच गर्दा पोजेटिभ देखियो संयोजक सुबेदीले भने । उनीहरुलाई सुरक्षित भएर घरमै बस्न आग्रह गरेका छौं र केहि समस्या भए सम्पर्क गर्न भनेको उनले बताए ।
पछिल्लो चरणको कोरोना भाईरस भुसको आगो जस्तै फैलिरहेको भन्दै लमही नगरपालिकाले अत्यावश्यक काम बाहेक बाहिर नहिड्न सम्पूर्ण नगरबासीलाई आग्रह गरेको छ । कतिपय मानिसहरु भय, त्रास र डरले पनि मानसिक बिरामी हुने गरेको पाईएको छ, अहिले हामी सबै विषम परिस्थितिमा भएकोले डटेर यो कोरोना भाइरस संग सामना गर्नु पर्ने बेला भएको स्वास्थ्य संयोजक सुबेदीले भनाई छ ।
सबैले आ–आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्न र हतोत्साही नहुन पनि लमही नगरपालिकाले अनुरोध गरेको छ ।