दाङमा कोरोनाबाट थप एक जनाको मृत्यु
दाङ । दाङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका १५ निवासी ६२ वर्षिया पुरुषको शुक्रबार राति ११ बजेतिर मृत्यु भएको कोरोना विशेष अस्पताल वेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनी वैशाख १ गतेदेखि कोरोना अस्पताल बेल्झुण्डीको आइसियू कक्षमा उपचारार्थ थिए ।
उनलाई निमोनियासँगै कोरोना संक्रमण पुष्टि भएको थियो । साथै कोरोना अस्पताल बेल्झुण्डीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस