‘अब हामीले के भोग्नु पर्ने हो’
अमुल परिवर्तनको उषासँगै उदयमान गणतन्त्र, समृद्धिको कोशेली लिएर आएको सरकार तर देशमा घमाइलो दिन आयन, प्रकृतिको अनुपमन सुन्दरता नष्ट गरिदैछ, व्याप्त भ्रष्टाचार सुल बनेर हाम्रो मनमा गाडीदैछ । वनपाखा, नदी खोलाका प्रचण्ड दोहन छ ।
तिनै तहका सिंहदरबारमा सिंहमात्र आए । सुविधाभोगी र धनमोही, डोजरपति र क्रसर मालिक जनता वन जंगल पाखा नदिी खोला उतै डोजरका ताँति । यीन महासयका सोच जनसेवा हैन, सोहर्दै कमाउने र हसुर्ने हो । सिंहदरबारका धुरीमा बसेका सोंच जस्तो छ कि, यो गणतन्त्रको देश त हाम्रो करेसा बारी हो । गणतन्त्रमा देश दोहन गर्ने हाम्रो हक हो । चाहे विरोध गर, चाहे पुत्ला जलाउ । चाहे देशमा रमाउ, चाहे विदेश जाउ, गणतन्त्रमा नै तिम्रो संसार छ । तिमी जनता धर्मनिरपेक्षमा छमछमी नाँच, हामी जो गर्छौं स्वमिर्जिले गर्छौ । सुबकुछ हाम्रो इच्छाले हुन्छ । सब थोक हाम्रो हो । जनमतलाई निरंकुसताको ढुङ्गाले हिर्काउँदैछन् ।
राष्ट्रिय धन कर्चुला भर हसर्छन, चिम्टि भर विकासमा छर्र छन् । नेतृत्वका चरित्र र कृया जनतालाई औडाहा बनेको छ । पिंधको वर्ग कष्टले जल्दै छ । पाप र पाखण्डको नाँच गम्कदैछ । मूर्धन्य नेता, धरना, पहुँचवाला माफियाद्वार देशको स्वरुप कुरुप र कंगाल बनदैछ। समाज भने धराना, माफिया, बिचौलिया तस्कर व्यभिचारी भ्रष्टाचारी र राजनीतिका क्रुर कर्तुतको भुब्रोमा दन्केर जल्दैछ । हजुर हामीले बुझेको कुरा हो । देश भ्रष्टाचारी, भोकमरी, गरिबी बेरोजगारी र महंगीले लखतरान छ । नेतृत्व भने आर्थिक मुनाफाको चोक्टा लुछदैछ ।
नेपालको बारेमा तथ्याङ्कहरु भन्ने गर्छन, ट्रान्सपरेन्सी इन्टरनेशनलले तथ्याङ्क निकाल्दा १८० देशमध्य ११३ स्थानिीयमा भ्रटाचार गर्नेको रुपमा नेपालका ठालु गजधम्ब छन् । सन् २०१९ मा ग्लोबल हंगर इन्डेक्समा ११७ राष्ट्र मध्य नेपाल भोकमरीमा ७३ स्थानको लाइनमा खडा छ। तथ्याङ्क अनुसार अहिले नेपालमा १८ प्रतिशत अर्थात ५४ लाख नागरिक गरिबीका रेखामुनी तड्पेका छौं । गत ७ महिनामा देशको व्यापार घाटा ८ खर्ब ६५ अर्ब छ । आर्थिक सहायताको शिर्षकमा रकम बेहिसाबले बाँटिन्छ ।
भ्रष्टाचारी, घुसखोरी सुविधाभोगी भलादमीबाट सर्वसाधारणको तनमन धन माथि भिषण शोषण हुँदैछ । राष्ट्रिय ऋण आकासिदैछ ।