कोरोनाबाट तुलसीपुरमा थप एक जनाको मृत्यु

दाङ । तुलसीपुरमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ का ७९ बर्षीय पुरुषको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको छ । उनले बिहीवार मात्रै स्वाब प्रतिष्ठानमा पुगेर परीक्षणका लागि दिएका थिए ।
रिपोर्ट शुक्रबार मात्रै आएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले दिए । रिपोर्ट आएको केही बेरमै उनको मृत्यु भएको केसीले बताए । सो सँगै कोरोना दोस्रो लहर सुरु भएयता तुलसीपुरका ३ जना संक्रमितको मृत्यु भएको छ, भने हालसम्म २६ जनाको मृत्यु भएको छ । उपमहानगरमा शुक्रवार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै तुलसीपुरमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ सय ७५ पुगेको कोरोना फोकल पर्सन केसीले बताए । हालसम्म तुलसीपुरमा जम्मा संक्रमितको संख्या १०२० पुगेको छ । भने कोरोनालाई जितेर घर जानेको संख्या ८३६ पुगेको छ । जसमध्य २५६ महिला छन्, भने ५८० पुरुष रहेको छन् ।