नेपालमा २ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६४ जनाको पीसीआररएन्टिजेन परीक्षण गर्दा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८ हजार ७ सय ९८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ४९ जना र ८ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय १० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभरबाट ४ सय १० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७६ हजार ७ सय ५५ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६ सय ६४ जनाको पीसीआर÷एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २३ लाख ८८ हजार २०० जनाको पीसीआरर एन्टिजेन परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ ।