कोरोना संक्रमणबाट दाङमा एक विद्यार्थीको मृत्यु
लमही । दाङमा कोरोना भाइरस संक्रमित १५ बर्षीया बिद्यार्थीको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं. ६ घर भइ लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत रहेका थिए ।
विधान आचार्यको बैशाख ८ गते भैरहवा मेडिकल कलेजमा पिसिआर चेक गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
आचार्यमा अत्याधिक ज्वरो देखिएपछि उपचारका लागि भैरहवा लगिएको थियो । उपचारको क्रममा उनको १० गते शुक्रबार बिहान करिब ३ बजे निधन भएको हो ।
प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस