तुलसीपुरमा ४१ जना संक्रमित थपिए

दाङ । (आज) शुक्रबार तुलसीपुरमा फेरी ४१ जना संक्रमित थपिएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ४९ जनाको कोरोना परिक्षण गर्दा ३५ जना र नेश्नलल्यावमा कोरोना परिक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा २१ जना महिला र २० जना पुरुष गरी ४१ जनालाई कोरोना देखिएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

फोकल पर्सन केसीका अनुसार तुलसीपुर वडा नम्वर १ का १ जना, वडा नम्वर ३ का १ जना, वडा नम्वर ५ का ६ जना, वडा नम्वर ६ का १५ जना, वडा नम्वर ७ का ३ जना, वडा नम्वर ८ का ३ जना, वडा नम्वर ९ का २ जना, वडा नम्वर ११ का २ जना, वडा नम्वर १२ का २ जना, वडा नम्वर १५ का १ जना र वडा नम्वर १६ का १ जनामा कोरोना पुष्टि भएको हो । यसरी संक्रमित हुनेमा तुलसीपुरका सामुदायिक विद्यालयका शिक्षक र अन्य केहि कर्मचारीसमेत रहेका फोकल पर्सन बिमल केसील बताए ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस