कोरोनाबाट बाँकेमा तीन जनाको मृत्यु

बाँके । बाँकेमा कोरोना भाइरस संक्रमनबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानका एक र बाँकेका दुई जना रहेका छन् । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ का २८ बर्षीय मानबहादुर पुनको शुक्रवार बिहान उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ बर्षीय विरबहादुर नेपाली बाँकेको जानकी १ की ७१ बर्षीया महिला सुमन पाठकको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । नेपाली र पाठकको बिहीबार राती नै मृत्यु भएको थियो । बाँकेमा बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो समय बाँकेमा तीव्र रुपमा कोरोना संक्रमन बढेपछि अस्पतालहरु बिरामीले भरिभराउ भएका छन् । बिरामीले अक्सिजन र बेड पाउन मुस्किल परेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस