तुलसीपुर ३८ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित १३४

दाङ । तुलसीपुरमा (आज) विहीबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।
बिहिबार प्राप्त आरटी पीसीआर परीक्षण रिपोर्ट अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा १६, वडा नं. ३ मा ४, वडा नं. ४ मा १, वडा नं. ५ मा २, वडा नं. ७ मा २, वडा नं. मा ३, वडा नं. १० मा ३, वडा नं. १५ मा १, वडा नं. १७ का २, वडा नं. १८ र १९ मा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका सबै संक्रमित लक्षणसहितको रहेको कसीले बताए ।
योसँगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । कोरोनाबाट तुलसीपुरका २५ जनाको मृत्यु भईसकेको कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए छ ।
प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस