ओलीसँगको छलफलमा खासै कुनै प्रगति नभएको प्रतिक्रिया: नेता नेपाल
फाइल फाेटाे
काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा खासै कुनै प्रगति नभएको प्रतिक्रिया दिए ।
मेरियट होटलमा भएको झण्डै डेढ घण्टा भएको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले भन्ने, ‘छलफलमा मैले बोल्ने गरी खासै प्रगति नभएको बताए ।’ एमाले फुटतर्फ पुगेको अवस्थामा बुधबार पनि अध्यक्ष ओली र नेपालबीच छलफल गरेका थिए ।
आज भएको छलफलले दुवै नेताहरुबीच सहमति हुने र पार्टी विभाजन टर्ने अनुमान गरिएकोमा नेता नेपालले भने छलफल उत्साहजनक नभएको बताए ।
प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस