ओली र नेपालबीच मेरियट होटलमा छलफल सुरु

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । दुई नेताबीच काठमाडौंको नक्साल स्थित मेरियट होटलमा छलफल सुरु भएको हो । पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओली र नेपाल बुधबारबाट निरन्तर छलफलमा रहेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बिच आपसमा जुहारी चल्ने र पानी बाराबारको स्थिति रहदै आएको थियो ।
अध्यक्ष ओलीसहित एमालेको संस्थापन पक्षले आफूहरुलाई आफूहरुलाई स्थान नदिएको र गुटलाई प्रश्रय दिएको माधव नेपाल पक्षले आरोप लगाउँदै आएको छ भने संस्थापन पक्षले अनुशासन भंग गरेर समानान्तर गतिविधि गर्दै वैरीलाई सघाएको आरोप लगाएर स्पष्टीकरण पूर्जी काटेको छ ।
बुधबार पनि ओली र नेपालबीच बेलुका दुई घण्टा भेटवार्ता भएको थियो ।
प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस