ओली र नेपालबीच भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओली र नेता नेपालबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए ।
उनीहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा विचार, विमर्श सुरु भएको हो । गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि उनीहरूबीच संवाद हुन सकेको थिएन ।
मङ्गलवार प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना संघीय सांसद र चार जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेपछि बुधवार (आज) नेता नेपालले ओलीलाई भेटेका हुन् । ओलीले मंगलबार २७ जना संघीय सांसद र चार जना प्रदेश सभा सदस्यलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण सोध्येका थिए ।
प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस