२५ जनाभन्दा बढी भेला नहुन जिल्ला प्रशासन दाङको आग्रह

दाङ । दाङ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गदै कोरोना सावधानी अपनाउन आग्रह गरेको छ । कार्यालयले बुधबार एक सार्वजनिक सूचना जारी गदै कोरोना माहामारीको संक्रमण बढ्दै गइरहेको भन्दै सचेत रहन सबैमा अपिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जारी गरेको सूचनामा घोराही र तुलसीपुर क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्म बन्द गर्न विज्ञप्तीमा भनिएको छ । यो अवधीमा बैकल्पिक शिक्षण सिकाई मार्फत पठन–पाठन गराउन भनिएको छ ।

त्यस्तैगरी मानिसहरुको भिडभाड हुने सिनेमाहल, पाटी प्यालेस, बार, डान्स, मेला, महोत्सव,् हाट बजारलगायतका भिडभाड स्थल बैशाखसम्म बन्द गर्ने, सार्वजनिक सवारी साधनमा सीट क्षमताभन्दा बढि यात्रु नराख्ने, गाडीमा यात्रा गर्दा अनिवार्य मास्क प्रयोग गर्नेलगायतका सुरक्षाका मापदण्ड पालना गर्ने, सरकारी तथा गैर सरकारी कार्यालयमा सेनिटाइजर र मास्क प्रयोग गर्ने लगायतका विषयमा पालना गर्न अपिल गरिएको छ ।

त्यस्तै, मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध धारमिमक अनुथान, मलामीलगायत अत्यावश्यक परम्परागत धार्मिक एवं संस्कृतिक कृयाकलापहरु सञ्चालन गर्दा २५ जनाभन्दा बढि नहुने गरी जनस्वास्थ्यको मापदण्ड पालना गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिइ गर्न समेत आग्रह गरिएको छ ।

त्यसैगरी जिल्लामा होटल तथा रेष्टुरेन्टहरु विहान ८ देखि साँझ ८ बजेसम्म मात्र स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी संचालन गर्न समेत आग्रह गरिएको छ । साथै स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने जो सुकैलाई पनि संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस