बुद्धमा लेजर (RIRS) प्रविधिवाट मृगौलाको पत्थरीको अप्रेसन

दाङ । घोराहीउपमहानगरपालिका १५ मा रहेको बुद्ध ईन्टरनेशनल अस्पतालले लेजर प्रविधिवाट मृगौलामा रहेको पत्थरीको शल्यक्रिया सेवा सुरु गरेको छ । यसअघि पिसावनलीसम्म रहेको पत्थरीको लेजर प्रविधिवाट शल्यक्रियागर्ने गरेको अस्पतालले पश्चिम नेपालमै पहिलो पटक मृगौलामा रहेको पत्थरीको चिरफार विना नै गरीने शल्यक्रियागर्न थालेको हो ।

गत फागुन महिनावाट अहिलेसम्म ११ जनाविरामीले लेजर प्रविधिवाट मृगौलाको पत्थरीको शल्यक्रिया सेवालिईसकेका छन् । अस्पतालका सर्जन डाक्टर रमेश बस्नेतका अनुसार चिरफार नगरीकन यस लेजर (RIRS) प्रविधिमामृगौला देखीमुत्रनली सम्म रहेकापत्थरीहरु फुटाएर निकालिन्छ । विगतमापत्थरी सम्बन्धिउपचार विधिभनेको चिरफार गरेर गर्नुपर्ने अवस्थाथियो । चिरफार पछि विरामीलाई दुखाई तथाअन्य स्वास्थ्य समस्याहरु पाईएको थियो । तर प्रविधिको विकाशसंगै अहिले (RIRS) लेजर प्रविधिले मृगौलादेखीमुत्रनलीसम्म रहेकापत्थरीहरुको सहज र सफलउपचार भैरहेको अस्पतालका बरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतले बताए । पश्चिम नेपालमै पहिलो पटक बुद्ध हस्पिटलमा सुरुभएको सेवा काठमाण्डौमा गरीने भन्दा सस्तो हुने डाक्टर बस्नेतले जानकारी दिए ।

यो प्रविधिवाट शल्यक्रिया गरेकाविरामीहरु तीनदिनमै घरजानसक्ने उनले बताए । “अस्पतालले विभिन्नकिसिमकानयाँनयाँप्रविधिहरु ल्याएर यस क्षेत्रकाविरामीहरुलाई उपचारकालागी टाढा जानुपर्ने बाध्यता टारेको छ” डाक्टर बस्नेतले भने । सेवा सुचारु गर्दा बरिष्ठ युरोलोजिष्ट डाक्टर सुजितपौडेल र डाक्टर पवनधितालले सहयोग गरेको डाक्टर बस्नेतले जानकारी दिए । अस्पतालले अहिले उच्चस्तरीय जर्मन लेजर प्रविधिल्याएर शरीरकाविभिन्नभागमा रहेकापत्थरीको विनाचिरफार शल्यक्रिया सेवादिईरहेको छ । अस्पतालमा दुरवि (Laparoscopy) विधिवाट हर्निया, एपेन्डीसाइटिस, अण्डासयको ट्युमर साथैपित्त थैलीमाभएको पत्थरी निकाल्ने काम भैरहेको छ । दाङको घोराहीमा रहेको बुद्ध ईन्टरनेशनल हस्पीटलमा सामान्य देखी जटिल प्रकारकाशल्यक्रियाहरु भैरहेका छन् ।

जिल्लातथा साविकको राप्तिअञ्चलकाविरामीहरु गुणस्तरीय सेवाको अभावमा टाढा जानुपर्ने बाध्यताअहिले बुद्ध ईन्टरनेशनल अस्पतालले टारेको छ । निजी क्षेत्रबाट स्थापनाभएको हस्पीटलले अहिले पश्चिम नेपालमै राम्रो सेवादिदै आएको छ । हस्पीटलका कार्यकारी प्रमुखबालारामशर्माकाअनुसार अस्पतालमा एनआइसीयु सहितको बालरोग सेवा, सीटिजी मेसिन सहितको प्रसुति सेवा, सी आर्म सहितको हाडजोर्नी सेवा भेन्टीलेटर सहितको आइसीयु (सर्जरी) सेवा समेत सञ्चालनमाआएको छ । अस्पतालमा ८ जनाविशेषज्ञ र २ जना मेडिकल अफिसरले सेवादिदै गदै आएका छन् ।

२०७४ सालपुष महिनावाट घोराहीमा अस्पतालले सेवादिदै आईरहेको छ ।हस्पिटलले केहि महिनाभित्रमै प्रोस्टेट (Prostate) को अपरेसन सेवा सुरु गर्नलागेको कार्यकारी प्रमुखबालारामशर्माले जनाउनु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस