कोरोना संक्रमणबाट दाङकी एक महिलाको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिका ६ की २० बर्षीया कोरोना संक्रमणबाट एक महिला मृत्यु भएको तुलसीपुर उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । उनको बाँकेको भेरी अस्पतालको आइसोलेसनमा उपचाररत क्रममा सोमबार विहान साढे १० बजेतिर मृत्यु भएको हो । उनलाई गत चैत्र ३० गते कोरोना पुष्टि भएको थियो । साथै उनको शवलाई दाङ ल्याउने लागेको फोकल पर्सन केसीले जानकारी दिए ।

त्यस्तै, आज तुलसीपुरमा १६ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २२ जनाको गरिएको पीसीआर परीक्षण तुलसीपुरका विभिन्न वडाका १६ जनामा कोरोना पुष्टि भएको उनले बताए । ति मध्य एक जना भारतबाट आएका ब्यक्ति र अरु अधिकांश तुलसीपुरका सरकारी तथा निजी विद्यालयका शिक्षकहरु रहेको फोकल पर्सन विमल केसीले जानकारी दिए ।

संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का २ जना, वडा नं. ५ का ५ जना, वडा नं. ६ का ४ जना, वडा नं. ९ का १ जना, वडा नं. १२ का ३ जना, र वडा १८ १८ का १ जना रहेको उनले बताए । संक्रमण हुनेहरुमा १८ वर्षदेखि ६५ वर्ष उमेर समुहका रहेका छन् । पछिल्लो समयमा तुलसीपुरमा ६५ जना सक्रिय संक्रमितहरु रहेको र ति मध्य ७ जना गम्भिर रहेको उनीहरुको दाङको कोरोना विशेष अस्पताल बेलझुण्डी र बाँकेको भेरी अस्पतालमा उपचारर्थ रहेको समेत फोकल पर्सन केसीले जानकारी दिए । तुलसीपुरमा कोरोना संक्रमणका कारण हालसम्म २५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस