लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेस, माओवादी र जसपासहितका मोर्चाबन्दीले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । प्रस्तावित मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

लुम्बिनी प्रदेशमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका २०, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना गरी ८७ सांसद छन् । यहाँ बहुमतको सरकार बनाउनका लागि ४३ मत आवश्यक पर्छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस