दाङ एक उपमहानगरपालिकाले पैसा दिदैँ फोहोर लिदैँ

दाङ । विभिन्नबाट फोहोर निस्कने स्थानबाट सबै प्रकारका फोहोर संकलन थालेको घोराही उपमहानगरपालिकाले बैशाख १ गतेबाट घोराही १४ नयाँ बसपार्कबाट फोहोर खरिद गरेर अभियान औपचारीक रुपमा सुरु गरेको छ । घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्रालिसँग सहकार्य गरी फोहोरबाट ग्याँस उत्पादन गरी बिक्री गर्ने अभियान अहिले करिब अन्तिम चरणमा पु¥याएको छ । सम्भवतः यसै वर्षको असार मसान्तसम्ममा प्लान्टबाट ग्यास उत्पादन गरी घरघरमा पाईपलाइनमार्फत ग्याँस पु¥याईने गरी काम तीव्र गतिमा अघि बढेको प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्लान्ट निर्माणको काम करिब सकिएको छ । अब ग्याँस चेम्बरमा गोबर भर्ने काम भईरहेको छ । तर, पर्याप्त मात्रामा गोबर नपाइएकाले घोराही उपमहानगरसँग गोबरको उपलब्धताका लागि पहल गर्न भनिएको छ । कामले भने जसरी सबै कच्चा पदार्थ उपलब्ध भएको खण्डमा ढिलोमा यसै वर्षको असार मसान्तसम्ममा प्लान्टबाट घरघरमा ग्याँस वितरण हुनेछ । शुरुवाती चरणमा उक्त प्लान्टबाट घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर, सर्रा क्षेत्रमा वितरण गर्ने योजना रहेको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

अव पाइपलाइनको काम अगाडि बढाउन घोराही उपमहानगरपालिकालाई जानकारी गराइएको छ । पाईपलाइन बिस्तारका लागि सडक विभागसँग समन्वय गर्नुपर्ने हुँदा चाँडोभन्दा समन्वय गरी पाईपलाईनको काम थालनी हुने मेयर चौधरीले जानकारी दिए । त्यतिञ्जेलसम्म चेम्बरमा ग्याँस भरिने र पाईपलाईन जडान भएलगत्तै ग्याँस वितरणको काम थालनी हुने म्यानेजर श्रेष्ठले बताए । नेपाल उर्जा विकास कम्पनी प्रालिले केही समय अघि नै ग्याँस उत्पादन गरी वितरण गर्ने लक्ष्य राखेको थियो तर कोरोना महामारीका कारण प्लान्ट निर्माणमै ढिला हुँदा कामले गति लिन सकेको थिएन ।

उपमहानगरपालिकाले उपलब्ध गराएको करिब ३ बिगाहा जग्गामा बनेको ग्याँस प्लान्ट २ हजार घन मिटरको रहेको छ । जसबाट १५ सय घरधुरीलाई पाईपलाइनमार्फत ग्याँस पु¥याउन सकिनेछ । तर, शुरुवातमा ८ सय ५० घरधुरीमा ग्याँस पु¥याउने लक्ष्य राखिएको म्यानेजर श्रेष्ठले जानकारी दिए । कम्पनी र उपमहानगरपालिका बीच भएको सम्झौता अनुसार २० वर्षसम्म उक्त कम्पनीले नै सबै आम्दानी लिनेछ । २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकम दिने सम्झौतामा उल्लेख छ ।

घोराही उपमहानगरले थालेको फोहोर संकलन अभियानबाट ग्याँस उत्पादनमा टेवा पुग्नुका साथै नगल्ने फोहोरलाई व्यवस्थापनको काम पनि थालिएको छ । गल्ने फोहोरलाई चेम्बरमा राखेर ग्याँस बनाउने र बिक्री गर्ने काम हुनेछ भने ग्यास सँगै निस्कने कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि फोहर व्यवस्थापनमा समेत सहजता हुने अपेक्षा गरिएको छ । जिल्लामा नै ग्याँस उत्पादन भएपछि एलपी ग्याँसको खपतमा कमी आउने अपेक्षा गरिएको छ ।

‘२०७५ मंसिर ५ गते सम्झौता भएको सम्झौता अनुसारको काम बिना अवरोध शुरु भएको भए अहिले उपमहानगरमा फोहोरबाट ग्याँस प्रयोग गर्ने काम भईसक्थ्यो होला, विभिन्न कारणले काम सम्पन्न गर्न ढिलाई भयो, ढिलै भएपनि असारसम्ममा हामी ग्याँस प्रयोगमा ल्याउने प्रयासमा लागिपरेका छौँ,’ नगरप्रमुख चौधरीले भन्ने । करिब २० करोड लागन अनुमान गरिएको ग्याँस प्लान्टका लागि वैल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिने छ भने ६० प्रतिशत कम्पनी आफैले व्यहोरेको छ ।

उपमहानगरको अभियान अनुसार गल्ने र नगल्ने फोहोर संकलन अभियानसँगै नगरबासीले संकलन गरेको फोहोर खरिद अभियान पनि आफैमा नौलो र उपलब्धीमुलक बन्ने अपेक्षा गरिएको छ । जसका लागि नगल्ने फोहोरलाई उपमहानगरलाई २ रुपैयाँदेखि २० रुपैयाँसम्म प्रकृति अनुसार घरमै आएर नगदमै खरिद गर्न थालेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस