नेपालमा एकैदिन १ हजार ९६ कोराना संक्रमित

दाङ । नेपालमा पछिल्लो छ महिनायताकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । आइतवार देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५ हजार ८४ जनाको पीसीआर र ६ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९६ जनाको रिपोर्ट पोजेटिभ पाइएको हो । एन्टीजेनबाट ८१ जना र पीसीआरबाट १ हजार १५ जना पीसीआरबाट पोजेटिभ देखिएको छ ।

यो संगै देशमा सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९० पुगेको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको ज्यान गएको समेत जानकारी दिएको छ । अब कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ । मन्त्रालयले पछिल्लो पटक २ सय ६२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केको पनि जनाएको छ । देशभर १ सय १६ जनाको आइसीयू र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले बालबालिकामा कोरोनाको गम्भीर असर देखिने स्पष्ट पारेको छ । हालैका दिनमा एक जना बाल चिकित्सकले सार्वजनिक सञ्चारमाध्यमबाट कोरोनाले बालबालिका खासै असर गर्दैन भन्ने अभिव्यक्ति दिएपछि मन्त्रालयले यस्तो धारणा सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले प्रेस ब्रिफिङमा शनिबारसम्मको तथ्यांक दिदै पाँच बर्ष मुनिका ३ हजार ५६५ जना बालबालिका कोरोना संक्रमणमा परेको जानकारी दिनुभयो । अहिले पनि यही उमेर समूहका ५१ जना सक्रिय संक्रमितकोउपचार भैरहेको छ ।

कोरोनाका कारण हालसम्म पाँच बर्ष मुनिका १० बालबालिकाले ज्यान गुमाईसकेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस