३ जना विद्यार्थीसहित १४ जनामा कोरोना पुष्टि

दाङ । दाङको तुलसीपुरमा शनिवार ३ जना विद्यार्थीसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ६ देखि ५७ बर्षसम्म उम्मेरका रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए

संक्रमित हुनेमा वडा नं. ५ का ५ जना, वडा नं. ६ का २ जा, वडा नं. ११ का ६ जना र वडा नं. ९ का १ जना गरी १४ जना रहेको केसीले जानकारी दिए । जसमा ५ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा, ५ जना नेशनल प्याथ ल्याव, र ४ जनाको कोहलपुर मेडिकल कलेजमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये २ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको आइसोलेशनमा पठाएको छ, भने १ जना होटल आइसोलेशनमा रहेको र बाँकी सबै होम आइसोलेबनमा रहेको फोकल पर्सन केसीले जानकारी दिए । यो संगै तुलसीपुरमा कोरोना सक्रिय संक्रमित संख्या ५२ पुगेको छ ।

जसमा ७ जना भेरी आइसोलेशनमा, ८ जना बेलझुण्डी कोरोना विशेष अस्पतालमा, होटलमा २ जना, २ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र २९ जना होम आइसोलेशनमा रहेको उनले जानकारी दिए । हाल बेलझुण्डी कोरोना विशेष अस्पतालमा बेड भरिएकोले बिरामीलाई वेड पाउन समस्या परेको छ ।

त्यसैगरी फोकल पर्सन केसीले संक्रमित व्यक्तिहरुले आफु संक्रमित भएको जानकारी विद्यालयमा, नजिकै रहेको स्वास्थ्य संस्थाका कर्मचारी वा वडाका जनप्रतिनिधिहरुलाई जानकारी गराउनसमेत उनले अनुरोध गरेका छन् । कोरोनाको दोस्रो लहरसँगै दिनानुदिन संक्रमित संख्या बृद्धि भइरहेकोले सचेत, सजगभई जन सुरक्षा मापदण्ड अनिवार्य पालना गरेर तथा उच्च मनोवल राखि काम गर्न आग्रह गर्दै विना कारण घर वाहिर ननिस्किन समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस